रंगशाला निर्माणका  लागि रकम संकलन कार्यक्रम

  नयाँ बुलन्द
0 Shares

इलाम : मरब क्याम्पस इलामका बिध्याथीहरुले रंगशाला निर्माणका  लागि रकम संकलन कार्य सुरु गरेेका छन ।

धुर्मुस सुन्तली फाउन्डेसन द्वारा भरतपुर चितवनमा
निर्माणाधीन `गौतम बुद्ध अन्तरास्ट्रिय कि्केट रंगशाला´ सहयोगका लागि बागवानी संकायका बिध्याथीहरुले उक्त कार्य सुरु गरेेेको मरब क्याम्पस बागबानी संकायमा अध्यनरत तथा रकम संकलन अभियानका अभियानकर्ता केदार सापकोटाले जानकारी दिए ।

मरब क्याम्पसमा डेक्स नै रखेर रकम संकलन गरिने अभियान चैत्र १५ गते सम्म चल्ने सापकोटाले बताए ।

उनले यस अभियान बाट संकलन गरिएको रकम धुर्मुस सुन्तली फाउन्डेसनमा जम्मा गरिने  बताएका छन्  ।

रकम संकलनका लागि  शनिबार क्याम्पसमा बागवानी
स्तरीय महिला तथा पुरुष क्रिकेट च्यारिटी म्याचको
आयोजना समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार