इलाम : इलामको रोङ गाउँपालिका १ शान्तिपूरमा प्रहरीद्धारा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा शनिबार रोङ गाउँपालिका १ नम्बर वडा कार्यालय शान्तिपूरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरुबाट आएको गुनासोसँगै उठेका प्रश्नहरुको विषयमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना तथा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले संवोधन गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए ।
रोङ गाउँपालिका १ नम्बर वडाका अध्यक्ष वुद्धिबहादुर ढकालको अध्यक्षता तथा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक बिदुर खँड्का, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक हेमराज ओली, वडा सदस्यहरु, राजनैतिक दलका प्रतिनिधी , शिक्षक, पत्रकार तथा स्थानियवासीको उपस्थिति रहेको थियो ।