ढापपोखरी महोत्सवको तयारी तिव्र

  नयाँ बुलन्द
0 Shares

इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा रहेको ढापपोखरीमा डुङ्गा सयर गर्दै पर्यटक ।

इलाम : ढापपोखरीसहित सन्दकपुर गाउ“पालिकाका पर्यटकीय क्षेत्रको विकास गर्ने उदेश्यले चैत २४ देखि ३० गते सम्म सञ्चालन हुने पाँचौ ढापपोखरी महोत्सवको तयारी तिव्र पारिएको छ ।

सन्दकपुर ५ जमुनामा हुने महोत्सवकालागि विभिन्न उपसमिति निर्माण गरेर तयारी गरिएको हो ।

यसअघि गठित १ सय १ सदस्यीय मूल आयोजक समितिले काम गर्दै आएको थियो । अतिथि व्ययवस्थापन, फिसिङ, सांस्कृतिक कार्यक्रम, प्रचार, स्टल व्यवस्थापनलगायत एक दर्जन उप समिति गठन गरिएको छ ।

२०७२ सालमा स्थानीय प्रयासमा पोखरी संरक्षण र विस्तार थालिएपछि वर्षेनी महोत्सवको आयोजना गरिदै आएको हो ।

कूल २५ लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवमा विभिन्न दाता र प्रायोजक खोज्ने काम पनि तिव्र पारिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा सन्दकपुर ५ का वडाध्यक्ष जितवहादुर साँवाले जानकारी दिए ।
५० रोपनी क्ष्ँेत्रफलमा फैलिएको पोखरीमा डेढ वर्ष अघिदेखि नै डुङ्गा सञ्चालनको व्यवस्था मिलाइएको छ ।

महोत्सवका प्रमुख आर्कषणको रुपमा डुङ्गा सवारीलाई राखिएको छ । त्यस्तै जिल्लामा नै पहिलो पटक फिसिङको व्यवस्था गरिने भएको छ । पोखरीमा ८ हजार धेरै माछा रहेकाले महोत्सवमा आउनेले समितिको नियम र परिधीभित्र रहेर फिसिङ गर्न सक्नेछन् ।

त्यस्तै घोडा सवारी, रेडपाण्डासहित दुर्लभ जनवार जैविक विविधता भएको हाँगेथाम र चोयाटार क्ष्ँेत्रको सफारी जस्ता कार्यक्रम महोत्सवमा राखिएको छ । सांस्कृतिक, खेलकूद कार्यक्रमसहितको रमाइलो मेलाले पनि पर्यटक लाई लोभ्याउले आयोजक चन्द्रपाल थेप ढाप सिमसार संरक्षण समितिले जनाएको छ ।

महोत्सवमा स्थानीय खानाका परिकारसहित, सागसब्जी, जटिवुटी, घिउछुर्पी र चियाका स्टहरुसमेत राखिने छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार