सङघीय प्रेस फोरम प्रदेश १ को भेला सुरु (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

भेलाको उद्घाटन गर्दै राजनीतिक समिती सदस्य चाम्लिङ

झापा : सङघीय प्रेस फोरम नेपाल प्रदेश १ को प्रथम ऐतिहासिक भेला तथा पहिचानको सवालमा प्रेसको भुमिका विषयक अन्तरकृया झापाको दमकमा सुरु भएको छ।

सङघीय प्रेस फोरम नेपाल प्रदेश १ का इन्चार्ज कमन देवानको अध्यक्षतामा सुरु भएको भेलाको उद्घाटन प्रमुख अतिथी सङघीय समाजवादी फोरम नेपाल राजनितिक समिती सदस्य प्रविण चाम्लिङले गरे ।

कार्यक्रमको पहिलो खण्ड अन्तरक्रिया कार्यक्रममा  प्रमुख अतिथी सङघीय समाजवादी फोरम नेपाल राजनितिक समिती सदस्य प्रविण चाम्लिङ, झापा जिल्ला अध्यक्ष धिरेन लावती, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का संयोजक  दिपीन राई, सङघीय प्रेस फोरम नेपालका केन्द्रीय सचिव लाक्पाजी शेर्पा, प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, समाजवादी महिला फोरम केन्द्रीय सदस्य गङ्गा राई (शेर्मा), नेपाल पत्रकार महासघ प्रदेश १ का सदस्य विमल लामिछाने, समाजवादी महिला फोरम प्रदेश १ की उपाध्यक्ष ओममाया आङदेम्बेलगायतले बोलेका थिए ।

दोश्रो खण्ड बन्द सत्रबाट सङघीय प्रेस फोरम प्रदेश १ को तदर्थ समिती गठन गर्नेछ ।

भेलामा प्रदेश १ का सबै जिल्लाबाट ४० बढि पत्रकारहरु प्रतिनिधि र पर्यवेक्षकहरुको सहभगिता छ । त्यस्तै सङघीय समाजवादी फोरमका विभित्र तहका नेताहरुको सहभागिता रहेको छ ।

सङघीय प्रेस फोरम नेपाल सङघीय समाजवादी फोरम नेपालको सुभेच्छुक संगठन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार