विप्लव समूहका आठजना पक्राउ

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी,  विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् । ओली चन्दपछिको तेस्रो वरियताका नेता हुन् ।

केही दिनअघि काभ्रेको काफल डाँडामा प्रहरी र नेकपाका कार्यकर्ताबीच फायरिङ भएको थियो । त्यस क्रममा प्रहरीले नेकपाका चार कार्यकर्तालाई पक्राउ गरेको थियो ।

काठमाडौंबाट गएको अपराध महाशाखाको टोलीले त्यो बेला हेमन्तलाई पक्राउ गर्न असफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार