कांग्रेस युवा नेता खड्काद्वारा माईपोखरीका अग्नी पीडितलाई सहयाेग (भिडियाे सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : केही दिन अघि भएको आगलागीबाट पीडित बनेका इलाम माईपोखरीका पीडितलाई समाजसेबी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले सहयोग रकम प्रदान गरेका छन् ।

शुक्रबार आगलागी क्षेत्रमानै पुगेर एक कार्यक्रमको आयोजना गरी खड्काले आफ्नो ब्यक्तीगत तर्फबाट नगद ५१ हजार सहयोग गरेका हुन । सहयोग हस्त्रान्त्रण पछी कार्यक्रममा बोल्दै खड्काले आगलागी घटनाले आफूलाई दुखी तुल्याएको बताउदै यस्ता घटना हुन नदिन सबै सधैं सचेत बन्नुपर्ने बताएका थिए ।

उनले यस्तो समयमा मानवताको हिसाबले सहयोग र सद्भावले पीडितको पीडामा मलम लाग्ने भएकाले सबैले सहयोग गर्नुपर्ने बताए । अग्नी पीडितहरुलाई पुन:निर्माण गर्दा भाईपरी आउने समस्यामा समेत आफुले गर्न सक्ने सहयोग गर्ने बताएका थिए र पीडितहरुले शोकलाई शक्तीमा बदलेर आफ्नो दैनिकीलाई समेत अगाडि बडाउन हौसला प्रदान गरेका थिए ।

खड्का बिगत देखिने समाजिक कार्यमा निस्वार्थ रुपमा नै सहयोग गर्दै आएका छन् उनी आफ्नो जिल्लामा मात्र न भई देशभरी नै पिडामा परेकाहरुलाई सहयोग गर्दै आएका छन । खड्काले २०७२ साल बैशाख महिनामा गएको बिनासकारी भुकम्पमा पनि दोलखा पुगेर भुकम्प पिडितहरूलाई २२ लाख बराबरको लुगा कपडा, कम्बल, खानेकुरा बाडेका थिए ।

इलामको माईपोखरी बजारमा भएको आगलागी ।

गत ३० फागुनमा इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरी बजार क्षेत्रमा आगलागी हुँदा १ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । त्यहाँका ४ वटा घरु पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने सात घरपरिवार बिस्तापित बन्न पुगेका थिए ।

आगलागीबाट पीडितहरुको सहयोगका लागि राहत संकलनार्थ इलाममा प्रभु बैंकमा ‘माईपोखरी अग्नीपीडित सहयता कोष’ को नाममा बैंक खाता खोलिएको छ । इच्छुकले सो बैंकमा रहेको ‘माईपोखरी अग्नीपीडित सहयता कोष’ को बैंक खाता नम्बर १९०००१०१२२८०६५०००००१ मा रकम जम्मा गरि सहयोग गर्न सकिने जनाइएको छ ।

भिडियाे :

यसरी जलेका  थिए घरहरु हेनुहाेस् पुरा  भिडियाे :

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार