नगर परिक्षाको सबै तयारी पुरा

  नयाँ बुलन्द  220 पटक हेरिएको

इलाम : इलामको देउमाई नगरपालिकामा नगर परिक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।

नगरपालिकाले लिने कक्षा ८ को परिक्षाको सबै तयारी पुरा भएको हो । सबै परिक्षा केन्द्रमा प्रश्नपत्र लगायत शैक्षिक सामाग्री पु¥याइ सकिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत गोपाल बास्तोलाले जानकारी दिए । उनका अनुसार नगरपालिका भरीमा ९ वटा परिक्षा केन्द्र तोकिएको छ ।

कक्षा ८ को परिक्षामा देउमाई नगरपालिका भरिका २९ विद्यालयका ६ सय ५० परिक्षार्थी परिक्षामा सामेल हुँदैछन् । परिक्षा चैत्र ९ गतेबाट सुरु हुँदैछ ।

राज्य पुनरसंरचनामा गएपरि स्थानीय तहले आफैँ परिक्षा लिन थालेका छन् । त्यस अधि कक्षा ८ को जिल्ला स्तरिय परिक्षा लिइन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार