सुपरमाई ए निर्माणको काम शुरु, १५ महिनामा निर्माण सक्ने लक्ष

  नयाँ बुलन्द
0 Shares

 

इलाम : इलामको माइखोलामा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको सफलता पछि नौ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण शुरु भएको छ ।

सगरमाथा जलविद्युत कम्पनी प्रा लि ले एक अर्व ७९ करोड लगानीमा सुपरमाई ए को निर्माण शुरु गरेको हो । निर्माणाधिन उक्त आयोजनाको २० प्रतिशत प्रगति भएको र निर्माण शुरु भएको १५ महिना भित्रमा विद्युत उत्पादन गरिने बताइएको छ ।

इलाम बजारबाट करिव १५ किलोमिटर उत्तरमा रहेको सन्दकपुर गाउँपालिकाको भीरगाउँमा इन्टेक बनाइ करिव तीन हजार सात सय मीटर हेडरेस पाइपबाट माइखोलाको पानी ल्याइने भएको छ ।

इलाम नगरपालिका २ को गँगटे बेसीमा पावर हाउस बनाइ विद्युत उत्पादन गरिने भएको छ । उत्पादित विद्युत ३३ केभी प्रशारण लाइन निर्माण गरि इलाम गोदकको सव स्टेसनमा पुर्याइने कार्कीले बताउनुभयो ।

हल सम्म बाँधको काम र सेडलिन बेसीनको काम ४० प्रतिशत पुरा भएको र सर्जटेंक निर्माण पनि तीव्र रुपमा अगाडि बढेको छ ।

२०७७ पुस महिनामा निर्माण गर्ने सम्झौता रहेको भएपनि २०७६ बैशाखमा सम्पन्न गर्ने लक्ष रहेको इन्चार्ज कार्कीले बताउनु भयो । आयोजनाबाट बार्षीक ५६ दशमलव ४५ गीगावाट घण्टा विद्युतिय उर्जा उत्पादन हुने बताइएको छ । आयोजनामा सानीमा बैक, सिटीजन बैक , ज्योति बैक र एन सी सी बैकले लगानी गरेका छन् । इलाम माइखोलामा अर्को माइवेनी जलविद्युत आयोजना समेत निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार