झापा : नेपाल आईडलको मञ्चबाट चर्चाको शिखरमा पुगेका गायक पुष्पन प्रधान आफ्नो ब्याण्डसहित झापाको दमक आउने भएका छन् ।
आउँदो चैत्र ८ र ९ गते शुक्रबार र शनिबार उनी दमक चौकस्थित नमस्ते पब्लिक हस्पिटलँगै रहेको पलेटी रेस्टुरेण्ड एण्ड बारको लाईभ कार्यक्रममा सहभागी हुन आउन लागेका हुन् । उनले दुई दिन दमकमै रहेर पलेटी रेस्टुरेण्ड एण्ड बारमा आफ्नो ब्याण्डको साथमा पंञ्ची साँझ प्रस्तुत गर्ने बताईएको छ ।
सो कार्यक्रमको लागी टिकेट बुकिङ्को कार्य धमाधम भईरहेको पलेटी रेस्टुरेण्ड एण्ड बारका एक संञ्चालकले जानकारी दिएका छन् । उक्त कार्यक्रम हेर्न चाहने ईच्छुकले दमक स्थित यातायात कार्यलयको अगाडी रहेको ड्रिम्स कोरियन ल्याङ्वेज सेन्टर र नमस्ते हस्पिटल संगै रहेको पलेटी रेस्टुरेण्ड एण्ड बारको काउन्टरबाट लिन सकिने बताईएको छ ।
टिकेट सिमीत रहेकाले तुरुन्तै बुकिङ गरिहाल्न कार्यक्रम सम्बन्धि जानकारी दिदैँ पलेटी रेस्टुरेण्ड एण्ड बारका एक संञ्चालकले बताए । टिकेट मुल्य १० हजार, ५ हजार र १ हजार रुपैयाँको रहेको बताईएको छ । टिकेटमा विभिन्न प्याकेजहरुको व्यवस्था समेत रहेको आयोजक पलेटी रेस्टुरेण्ड एण्ड बारले जानकारी दिएको छ ।