सबै स्थानीय तहमा व्यवस्थित रंगशाला निर्माण गरिने : मन्त्री विश्वकर्मा

  नयाँ बुलन्द
0 Shares


इलाम : युवा तथा खेलकुद मन्त्री जगदबहादुर विश्वकर्माले देशका सबै स्थानीय तहमा व्यवस्थित रंगशाला निर्माण गर्ने बताएका छन् ।

इलाममा संचालित पाँचौ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् ।

सरकारले यस अघि नै ७ सय ५३ वटै स्थानीय तहमा व्यवस्थित रंगशाला निर्माण गर्न प्रारम्भिक कार्य अगाडी बढाइसकेको बताउ । समृद्ध नेपाल निर्माणमा खेलकुदले महत्वपूर्ण भुमिका निर्वाह गर्ने कताउँदै उनले खेलकुदलाई समाजले हेर्ने दृष्टि समेत परिवर्तन हुँदै गएको बताए ।

खेलकुद मन्त्री विश्वकर्माले सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताए । युवाहरुलाई दक्ष र स्वरोजगार बनाउँदै समृद्ध नेपाल निर्माणमा समेत उनीहरुलाई लगाउने मन्त्री विश्वकर्माले उद्घोष गरे ।

फरक प्रसंगमा उनले इलाममा जारी माइभ्याली गोल्डकपको पाँचौ संस्करणलाई सरकारको रातो किताबमा नै समावेश गर्ने र वार्षिक रुपमा प्रतियोगिता आयोजना गर्न आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार