उपाधिका लागि दाउफिन्स र हिमालयन शेर्पा भिड्दै (भिडियो सहित)

इलाम : इलाममा आयोजित पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको उपाधिका लागि मंगलबार विदेशी टिम दाउफिन्स क्लब क्यामरुन र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।

माईभ्याली गोल्डकपमा पहिलो पटक सहभागीता जनाएका यी दुई टिम उपाधिका लागि आमनेसामने हुँदैछन् । दुवै टिम पहिलो पटक सहभागिताकै क्रममा प्रतियोगिता जितेर उपाधि चुम्ने दाउमा छन् ।

विदेशी टिम दाउफिन्स सशक्त रुपमा उत्रने तयारीमा छ । दाउफिन्सले यो सिजनमा तीन उपाधि हात पारिसकेको छ । त्यस्तै हिमालयन शेर्पा क्लब पनि उपाधि जित्ने रणनीतिमा छ । हिमालयन शेर्पा साविक विजेता थ्रीस्टार क्लब ललितपुर र मेची नेत्रालय झापालाई पन्छाउँदै अन्तिम दुईमा आईपुगेको छ ।

यस पटकको माईभ्याली गोल्डकप दुवै टिमले आफ्नो पक्षमा पर्ने दावी गरेका छन् । सोमबार सदरमुकाममा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधिका लागि आफू नै सक्षम रहेको दावी गरे ।

दाउफिन्सका टिम म्यानेजर आशिक थापा मगरले विगतमा खेलेको खेलको अनुभवका आधारमा फाइनल खेल्दै उपाधि चुम्ने बताए । जित सहजै भएपनि हिमालयन शेर्पालाई कमजोरी आक्न नसकिने बताए । हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले सबै खेलाडीले सुरुदेखि नै राम्ररी र टेक्निकले खेलिरहेकाले जिता हात पार्ने दावी गरे ।

फाइनल पुग्न दाउफिन्सले विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० र हिमालयन शेर्पा क्लबले मेची नेत्रालय झापालाई ३–० गोल अन्तरले सेमिफाइनलबाट पाखा लगाएको थियो । माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागीता जनाएपछि दुवै टिम पहिलो पटक फाइनलमा पुगेको हो ।

माइभ्याली फुटबल क्लबको आयोजनामा २६ फागुनदेखि सञ्चालित प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता थियो  । पूर्वी पहाडि क्षेत्रकै सर्वाधिक राशी मानिएको प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन्  । त्यस्तै उत्कृष्ठ खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार