गाउँपालिका स्तरीय नेपाल शिक्षक महासंघ (नेशिम) को नेतृत्वमा थेगिम

  युद्धबहादुर बोहोरा
7 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिका स्तरीय शिक्षक संघसंगठन र विभिन्न पेसागत संघसंस्थाहरुको छाता संघ ‘नेपाल शिक्षक महासंघ'(नेशिम)मा ठाकुर सिं थेगिमको नेतृत्वमा ३० सदस्यीय समिति गठन भएको छ।

इलाम जिल्लाको सिमानामा रहेको पाँचथरको उत्कृष्ट विद्यालयको रूपमा परिचित घुर्बिसे पञ्चमी माद्यामिक विद्यालयका प्रधानध्यापक थेगिम पालिका स्तरीय प्रथम अधिवेशनमा महासंघको अध्यक्षमा सर्वसहमतबाट चुनिएका हुन्।
नेपाल शिक्षक संघ पाँचथर क्षेत्र न.-२ का पूर्व अध्यक्ष समेत रहेका थेगिम अङ्ग्रेजी विषयमा स्नातकोत्तर हाँसिल गरि लामो समय देखि शिक्षण पेशामा आवद्ध उनलाई विद्यार्थी र अभिभावकले सफल गुरुका दृष्टिकोणबाट हेर्ने गरेका छन्।

नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष तथा प्रथम अधिवेशन समिति संयोजक सुनिता नेम्वाङको अध्यक्षता तथा
महासंघ पाँचथर जिल्ला सचिव इन्द्रकला राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम संचालक शिक्षक द्वय सुरेन्द्र प्रसाद लामिछाने र सारानाथ पोख्रेलले जानकारी दिए।

नेपालको शैक्षिक क्षेत्रको सुधार,पेशागत हकहितको संरक्षण साथै आधुनिक शिक्षाको परिकल्पना राखेको यस संघको केन्द्रिय उदेश्य अनुसार स्थानीय तहमा पनि गहन जिम्मेवारीका साथ कार्यक्रमहरु संचालन गर्ने अध्यक्ष थेगिमले प्रतिबद्धता जनाए।
वालविकास केन्द्रका सहायक कार्यकर्ता,विद्यालयका कर्मचारी लगायत १६ वटा संघसंस्था आवद्ध रहेको महासंघमा संघीय समाजवादी फोरम र संघीय राष्ट्रिय लिम्बुवान मञ्च निकट शिक्षक संगठनलाई समेत समेटेर पूर्ण समिति बनाइ अघि बढ्ने उनले बताए।

विशेष अतिथि गाउँपालिका कार्यवाहक अध्यक्ष देवित्रा कुमारी आङ्देम्बे,नेपाल शिक्षक संगठन राष्ट्रिय प्रतिनिधि वीर नरसिं चेम्जोङ,संगठन जिल्ला अध्यक्ष नरप्रसाद नेम्वाङ,जिल्ला उपाध्यक्ष सीता देवी आचार्य,पूर्व जिल्ला उपाध्यक्ष तथा प्रदेश प्रतिनिधि थिर बहादुर पौडेल,सदस्य तिर्थ निरौला को उपस्थिति रहेको थियो।
त्यस्तै,नेपाल शिक्षक संघ जिल्ला सचिव जयप्रसाद बाँस्कोटा,प्रदेश प्रतिनिधि तारा अधिकारी,पूर्व जिल्ला उपाध्यक्ष रचना नेम्बाङ,सदस्य गजाधर अधिकारी,अखिल नेपाल राष्ट्रिय संगठन जिल्ला कोषाध्यक्ष छवि तिमल्सिना लगायतले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

अधिवेशनमा गाउँपालिका भित्रका विद्यालय प्रधानध्यापक, शिक्षक,पेशागत संघसंस्थाका प्रतिनिधि,जनप्रतिनिधि र बुद्धिजीवीहरुको उपस्थित रहेको थियो।

को–को छन् समितिमा हेर्नुहोस्
उपाध्यक्ष: विमला देवी पोख्रेल
महिला उपाध्यक्ष: सिर्जना जवेगु
सचिव: राम भक्ति नेम्वाङ
सहसचिव अर्थ: देश कुमारी नेम्वाङ
सहसचिव: केशव न्यौपान
सहसचिव: कृष्ण कला चापागाईं
संस्थागत सहसचिव: सुरेन्द्र प्रसाद लामिछाने
संस्थागत सहसचिव: भरत सिं चेम्जोङ
संस्थागत सहसचिव: प्रकाश नेम्बाङ
संस्थागत सहसचिव: मोती दुलाल
संस्थागत सहसचिव: अम्बिका प्रसाद सापकोटा
सदस्य : महानन्द खतिवडा
सदस्य : ओजस्वी कला नेम्वाङ
सदस्य : लाल बहादुर नेम्वाङ
सदस्य : हस्त बहादुर चेम्जोङ
सदस्य :दुर्गा प्रसाद चापागाईं
सदस्य : सन्तवीर आङ्देम्बे
सदस्य : हेमन्त ढकाल
सदस्य : फणिन्द्र भट्टराई
सदस्य : गिरी राज हुँमागाई
सदस्य : गणेश नेम्वाङ
सदस्य : पवित्रा नेम्वाङ
सदस्य : माया देवी रिजाल
सदस्य : सागर नेम्वाङ
सदस्य : अमृत मुखिया
पदेन सदस्य : कुम्वाहाङ्ग नेम्वाङ
पदेन सदस्य : अशोक कुमार आङ्देम्बे
पदेन सदस्य : जनार्दन दुलाल
पदेन सदस्य : डम्बर हाङ्ग आङ्देम्बे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार