इलाम : जिल्ला प्रहरी कार्यालय इलाममा “प्रहरीसँग एक दिन” कार्यक्रमको आयोजना भएको छ । समुदाय-प्रहरी साझेदारी अभियान अन्तरगत शुक्रबार इलाम नगरपालिका ९ स्थित हेरिटेज नेशनल एकाडेमीका शिक्षक/शिक्षिका र विद्यार्थीसँग कार्यक्रम गरिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा प्रवेशदेखि जनतासँग प्रत्यक्ष सरोकार राख्ने शाखाहरुको अवलोकन भ्रमण गराई अपराध नियन्त्रण तथा रोकथाम न्युनिकरण लगायतका बिषयमा जानकारी गराई सन्देश मुलक पर्चा तथा आधाभुरत सुरक्षा सम्बन्धी बुकलेट समते विरतण गरीएको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले सहभागीहरुलाई साईभर अपराध, लागु औषध, बालबालिकाका लागि आधारभूत सुरक्षा, आकस्मिक नम्बरहरुको प्रयोग एवं समाजमा शान्ति सु:व्यवस्था कायम गर्न विद्यार्थीको भूमिकाको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला संमन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, सन्दकपुर गाँपालिकाका अध्यक्ष उदयबहादुर राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का, प्रमुख अनुशन्धान अधिकृत तुलसी कटेल, नेपाल रेडक्रश सोसाईटी इलामका सभापति देवीप्रसाद गौतम, करुणा फाउण्डेशन इलामका अजित योञ्जन लगायतको सहभागिता थियो ।