एपिएफ विरुद्ध दाउफिन्स क्यामरुनको २-० को सुरुआती अग्रता (Live हेर्नुहोस्)

इलाम :  इलाममा जारी पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको विहीबार (आज) विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाडौं र विदेशी टिम दाउफिन्स क्लब क्यामरुनको खेल भइरहेको छ ।

पहिलो हाफको खेलमा दाउफिन्सले सुरुआती अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म पहिलो हाफको खेलमा दाउफिन्सले २-० को अग्रता लिएको छ । सुरुदेखि नै एफिएफलाई दवावमा राख्न सफल दाउफिन्सका मिसिकेले  १४ औं मिनेटमा गोल गरी अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै दाउफिन्सकै पेटंगाले गोल गरी अग्रता दोब्बर बनाए ।

खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द अनलाइन टीभी युट्युब च्यानलबाट भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार