संघीय समाजवादी फोरम माङसेबुङ ५ को अधिवेशन, विभिन्न जनवर्गीय संगठन निर्माण

माङसेबुङ : संघीय समाजवादी फोरम नेपाल माङसेबुङ गाउँपालिका ५ को वडा अधिवेशन सम्पन्न भएको छ । माङसेबुङमा भएको अधिवेशनले सोनु थेबेको अध्यक्षमा २१ सदस्यीय वडा समिति निर्वाचित गरेको छ ।

त्यस्तै सोही अधिवेशनबाट मदन इङनामको अध्यक्षतामा २३ सदस्यीय समाजवादी युवा फोरम नेपालको धनु राईको अध्यक्षमा २३ सदस्यीय संघीय समाजवादी महिला फोरम, चन्द्र थेगुवाको अध्यक्षमा ११ सदस्यीय पूर्व सैनिक तथा प्रहरी महासंघ, टेकबहादुर आङ्देम्बेको अध्यक्षतामा २१ सदस्यीय संघीय समाजवादी किसान महासंघ  निर्वाचित गरेको  छ ।

वडा समिति अध्यक्ष लैनबहादुर राईको अध्यक्षता र लिम्बुवान प्रदेश सदस्य, जिल्ला सहसचिव तथा माङसेबुङ मणीबिक्रम योङ्हाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सदस्य तथा माङसेबुङ अध्यक्ष किसान खजुम, जिल्ला सदस्य लक्ष्मी कार्की डोली, गाउँ सिचव राजु माबोहाङ, सुबास खापुङ, वडा ३ का सचिव निरज माबोहाङ लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार