संघीय समाजवादी फोरम माङसेबुङ ४ को अध्यक्षमा राई निर्वाचित

  नयाँ बुलन्द  201 पटक हेरिएको

माङसेबुङ : संघीय समाजवादी फोरम नेपाल माङसेबुङ ४ को अध्यक्षमा केन्द्रबहादुर राई निर्वचित भएका छन् ।

मर्चिबुङमा सम्पन्न वडा अधिवेशनले राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा समिति निर्वाचित गरेको हो । समितिका उपाध्यक्षमा आशबहादुर राई, सचिवमा बौधन राईलगायत छन् ।

त्यस्तै युगेस राईको अध्यक्षतामा ११ सदस्यीय समाजवादी युवा फोरम समेत गठन भएको छ ।

संघीय समाजवादी फोरमका राजनीतिक समिति सदस्य लिम्बुवान समितिको अध्यक्ष खगेन्द्र माखिमको आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश १ का सदस्य तथा लिम्बुवान समितिका सचिवालय सदस्य बिनोद नेम्बाङ, माङसेबुङ गाउँपालिका अध्यक्ष तथा लिम्बुवान समिति सदस्य किसन खजुम, जिल्ला सदस्यदय लक्ष्मी कार्की डोली र आईत बहादुर साम्बा, पुर्ब गाउँ अध्यक्ष केबि राई, माङ्सेबुङ गापा सचिब राजु माबो, सदस्य अम्बर तुम्सा, माङसेबुङ ५ का सदस्य हस्त खजुम  लगायतको उपस्थिति रहेको थियो ।..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार