इलाम : इलाममा जारी पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको बुधबार (आज) ए डिभिजनका क्लबबीच खेल हुँदैछ । दिउँसो ३ बजेदेखि ठूलो टुँडिखेलमा हुने खेलमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब ललिततपुर र हिमालयन शेर्पा क्लब काठमाडौैं आमनेसामने हुँदैछन् ।
हिमालयन शेर्पा क्लब पहिलो प्रिक्वार्टरमा विदेशी टिम नेप्लीज एमाडेमी क्लब क्लब हङकङलाई पराजित गर्दै क्वार्टरफाइलनमा प्रवेश गरेको थियो । थ्रीस्टार चौथो माईभ्याली गोल्डकपको विजेता टिम हो ।
खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द टीभी युट्युब च्यानलबाट हुनेछ ।
यसअघी मंगलबार भएको खेलमा पाहुना टोलि युनाईटेड क्लब दार्जिलिङ भारतलाई २–१ को कठिन जित निकाल्दै पुलिस सेमीफाइनल प्रवेश गरिसकेको छ ।
खेल सुरु भएको छैठौं मिनेटमा नै सौजन्य याक्खा राईको गोलले पुलिसले अग्रता बनाएको थियो । दार्जिलिङका कोलरक्षक विनोद क्षत्रीले पुलिसका खेलाडीलाई फाउल बनाएपछि पाएको अवसरलाई सदुपयोग गर्दै राईले गोल गरेका थिए ।
खेलको ८० औँ मिनेटमा पुलिसले नै गोल गरी अग्रता दोब्बर बनायो । भरत शाहले गोल गरी अग्रता दोब्बर बनाउका हुन् । उता दार्जिलिङले भने ८६ औं मिनेटमा सान्तवना गोल फर्काउन सफल भएको थियो । दार्जिलिङका करन राईले सान्तवना गोल फर्काएका थिए ।
खेलको म्यान अफ दी म्याच विजेता नेपाल पुलिस क्लबका सौजन्य याक्खा राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।