युनाइटेड क्लब दार्जिलिङ र नेपाल पुलिस क्लबको खेल सुरु Live …

पुलिसको सुरुआती अग्रता

इलाम :  इलाममा जारी पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वार्टरफाइनल चरणमा विदेशी टिम युनाइटेड क्लब दार्जिलिङ भारत र विभागीय टिम नेपाल पुलिस क्लबबीचको खेल सुरु भएको छ।

खेलमा पुलिसले सुरुवाती अग्रता बनाएको छ । यो समाचार तयार पार्दासम्म पुलिस १ गोलले अघि छ । खेल सुरु भएको छैठौं मिनेटमा नै पुलिसका सौजन्य याक्खा राईले गोल गरि अग्रता बनाए । दार्जिलिङका गोलरक्षक विनोद क्षेत्रीले पुलिसका खेलाडीलाई फाउल बनाएपछि पाएको फ्रिकको अवसरलाई सदुपयोग गर्दै राईले गोल गरेका थिए ।

इलामको ठूलो टुँडीखेलमा हुने खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द टीभी युट्युब च्यानलबाट भईरहेको छ ।

यसअघि सोमबार भएको अन्तिम प्रिक्वार्टरमा विदेशी टिम नेप्लीज एकाडेमी क्लब हङकङलाई ५–१ गोलको फराकिलोअन्तरले हराउँदै हिमालयन शेर्पा क्लब काठमाडौं क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।

खेलको पहिलो मिनेटमा नै हिमालयन शेर्पा क्लबका सुनिल खड्काले गोलको खाता खोले । विपक्षी टिमको कमजोर रक्षापंतीको फाइदा लिदैं खड्काले प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । डिबस्क भित्रबाट प्रहार गरेको बलले जाली चुमेको हङकङका गोलकिपर अभिजित रोय पत्तै पाएनन् ।

आठौं मिनेटमा पुन हिमालयनका खड्काले नै दोश्रो गोल गरी अग्रता दोब्बर बनाए । हङकङका गोलकिपर रोय अगाडि बढेको मौकामा खड्काले सहजै जाली चुमाए । सुरुवातदेखि नै विपक्षीलाई दवावमा राख्न सफल हिमालयनले ३७ औं मिनेटमा अग्रता तेब्बर बनायो । हिमालयनका विसन गुरुङले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता बनाए ।

दोश्रो हाफको सुरुआतमा हङकङले एकमात्र जवाफी गोल फर्काउन सफल भएको थियो । ४६ औं मिनेटमा हङकङका समीर लिम्बूले जवाफी गोल फर्काउँदै खेल ३–१ मा ल्याए । तर दोश्रो हाफमा समेत हिमालयनको दवदवा कायमै रहयो । ६६ औं मिनेटमा पुन हिमालयनका सुनिल खड्काले गोल गरी टिमलाई ४–१ अग्रता मात्र दिलाएनन्, आफ्नो ह्याट्रिक समेत पूरा गरे । विपक्षीलाई निरन्तर दवावमा राखेको हिमालयनका कप्तान मानबहादुर तामाङले ७७ औं मिनेटमा गोल गरी ५–१ सहज जित दिलाएका थिए ।

यता पहिलो हाफमा कमजोर प्रदर्शन गरेको हङकङदे दोश्रो हाफमा समेत खेलमा फर्कन सकेन । हङकङलाई रक्षात्मक समेत खेल्न हम्मेहम्मे परेको थियो । अन्तिम समयसम्म विपक्षीको पोलमा गोल गर्न केही अवसर पाएपनि गोल गर्न सकेन । अन्ततः पहिलो चरणबाटै हारको स्वाद चाख्दै स्वदेश फर्कन बाध्य बनेको थियो ।

खेलमा विजेता हिमालयन शेर्पा क्लब सुनिल खड्का म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । हिमालयन शेर्पा क्लबले अब बुधबार हुने दोश्रो क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन थ्रिस्टार क्लबको सामना गर्नेछ ।

मंगलबार पहिलो क्वार्टरफाइनमा विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं र विदेशी टिम युनाइटेड क्लब दार्जिलिङ भारत भिड्नेछन् ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार