मुख्यमन्त्री राईबाट माईभ्याली गोल्डकप उद्घाटन (भिडियो सहित)

आयोजक र दार्जिलिङ भिड्दै

झापा : पाँचौ संस्करणको अन्तरराष्ट्य आमन्त्रण माइभ्याली गोल्डकप सुरु भएको छ । इलामको ठूलो टुँडिखेलमा सुरु भएको गोल्डकपको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे । गोल्डकपको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने अभयानमा रहेको बताए ।

आगामी जेठ ५ सम्ममा नेपालको इतिहासमा सबैभन्दा बढी पुरस्कार राशीको मुख्यमन्त्री कप फूटबलको तयारी भइरहेको जानकारी गराउँदै मुख्यमन्त्री राईले प्रदेशलाई खेलकुदको राजधानी बनाउने उद्घोष गरे ।

आजको  उद्घाटन खेलमा आयोजक माईभ्याली फूटबल क्लब र दार्जिलिङ युनाईटेड क्लब भारतबीच खेल हुँदैछ ।

माईभ्याली फूटबल क्लब इलामको आयोजनामा सुरु भएको गोल्डकपमा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता रहनेछ । २७ गते नेपाल फूटबल एकाडेमी हङकङ र हिमालयन शेर्पा क्लब काठमाडौं प्रतिष्पर्धा गर्नेछन् ।

२८ गतेदेखि क्वार्टर फाइलन चरणका खेल सुरु हुनेछन् । पहिलो क्वार्टरफाइलनमा २६ गतेको विजेतासँग नेपाल पुलिस क्लब भिड्नेछ । दोश्रो क्वार्टरफाइलनमा २९ गते थ्रीस्टार क्लब ललितपुरले २७ गतेको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । त्यस्ते तेश्रो क्वार्टरफइलनमा ३० गते सशस्त्र प्रहरीको एपिएफ र दाउफिन्स क्लब क्यामरुन तथा चौथो क्वार्टरफाइलनमा चैत १ गते मेची नेत्रालय झापा र नेपाली सेनाको त्रिभुवन आर्मी खेल्नेछन् ।

चैत २ र ३ गते सेमीफाइनलका खेल हुनेछन् । फाइलन चैत ५ गते हुनेछ ।

गोल्डकपको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार