मुख्यमन्त्री राईलाई इलाममा स्वागत (भिडियो सहित)

  नयाँ बुलन्द  340 पटक हेरिएको

इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई इलाम आइपुगेका छन् । आइतबारदेखि इलाममा सुरु हुने पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप २०७५ को उद्घाटन गर्न राई इलाम आएका हुन् ।

इलाम आएका मुख्यमन्त्री राईलाई इलाममा भव्य स्वागत गरिएको छ । आयोजक माईभ्याली फूटबल क्लब, जिल्लाका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, विभिन्न राजनितिक दलका प्रतिनिधि एवम् जिल्लाबासीहरुले मुख्यमन्त्री राईलाई स्वागत गरेका हुन् ।

मुख्यमन्त्री राईलाई गोल्डकप संचालन हुने इलामको ठूलो टुँडिखेलमा स्वागत गरिएको हो । केही समयपछि टुँडिखेलमा पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको उद्घाटन मुख्यमन्त्रीबाट हुँदैछ ।

उद्घाटन खेलमा आयोजक र दार्जिलिङ युनाइटेडक्लब भारतबीच प्रतिष्पर्धा हुँदैछ । गोल्डकपमा विभिन्न १० टिमको सहभागिता छ ।

भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार