इलाममा ह्यापिनेस कोर्ष सन्चालन हुने

इलाम : भनिन्छ, ‘स्वास्थ नै धन हाे’ । शरिरलाई स्वास्थ राख्न याेगाकाे अावश्यकता पर्छ । हुन त स्वास्थ रहन अरू अनेक उपाय पनि छन् तर
ह्यापिनेस कोर्ष नामबाटै प्रष्ट छ र यो सर्वाेत्कृष्ट उपाय हाे ।

यही भनाईलाई आत्मासाथ गर्दै ईलाम मा शिभिर सन्चालन हुने भएको छ । ईलाम नगरपालिका वार्ड नं ७ माईस्थानमाको सभाहलमा आयोजना हुनलगेको शिविरमा १८ बर्ष पुरागरेका जो कोही सहभागी हुन पाउने छ ।

२७ फागुन बाट सुरु हुन लागेको शिभिरमा बिहान को शिफ्ट सन्चालन हुने बताईेको छ भने आयोजक भने द आर्ट अफ लिभिंग नेपाल नामक सस्थाले गर्ने बताईेको छ ।

के हो त ह्यापिनेस कोर्ष ?

ह्यापिनेस कोर्ष नामबाटै प्रष्ट छ | युवा पुस्तामा निकै लोकप्रिय यो कोर्षमा हाँस्दै, खेल्दै, रमाउँदै योगा र ध्यानको गहिरो अनुभूति गराइन्छ | त्यतिमात्र हैन, खुसी हुने अदभूत कला, पढ्नको लागि कन्सन्ट्रेसन विधि, रिलेसनसिप समस्याको समाधान , बिभिन्न लतहरूबाट बाहिर निस्कन, समूहमा आफ्ना कुरा स्पष्ट राख्नसक्ने क्षमता अभिवृद्धि गर्ने, सेवाको भाव जागरण गराउनेजस्ता टेक्निकहरू सिकाइन्छ | साथै आर्ट अफ लिभिंगको मेरुदण्ड मानिने सुदर्शन क्रिया पनि यही कोर्षभित्र पर्छ ।

यो कोर्ष व्यस्त मानिसहरूको लागि ३ दिन र सामान्यतया ६ दिनको हुन्छ | कोर्ष आर्ट अफ लिभिंग सेन्टर रहेका देशका सबै ठाउँहरूमा नियमित संचालन हुने गरेका छन | याेग अभ्यासबाट माेटाेपन घटाउने, पेटकाे समस्या, ग्याष्टिक,युरिक एसिड,महिलाहरूकाे पाठेघर सम्वन्धि विभिन्न समस्यलगायत शारीरिक विविध राेगसंग लडने क्षमता बढाउछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार