माईजोगमाईमा १०९ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा १०९ औं अन्तरराष्ट्रयि श्रमिक महिला दिवस विशेष कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा न्यायिक समिति माईजोगमाईको आयोजनामा र्याली र कोणसभा गरिएको ।

विभिन्न प्ले कार्ड सहित सुरु भएको ¥याली गाउँपालिकाको कार्यालय अगाडी पुगेर काणसभामा परिणत भएको थियो । कार्यक्रमलाई संवोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सावित्रा भट्टराईले नेपालमा लामो समयको संघर्षपछि नारीहरुले अधिकार प्राप्त गरेको अवस्थामा त्यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै आफू महिलाको हक हितका लागी सँधै लागिरहने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले महिला हिंसा प्रायः महिलाहरुबाटै हुने गरेकाले यसको न्युनिकरणका लागि हरेक नागरीक सम्ममा जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालमा महिलाहरुलाई अधिकार दिनका लागि स्थानिय तहमा ४० प्रतिशत तथा प्रदेश र संघमा ३३ प्रतिशत कोटा छट्याइएको समेत बताए ।

कार्यक्रमको अवसरमा माइजोगमाई गाउँपालिका भित्रका ६ जना समाजसेवी महिलाहरु सम्मान समेत गरिएको छ । यसरी सम्मानित हुनेहरुमा पूर्णमाया राई, नरमाया सुवेदी, धनमाया विश्वकर्मा, पवित्रा रसाइली, राममाया राई र शेखरा मुखिया रहेका छन् । उनीहरुलाई नारी हकहितका साथै विभिन्न सामाजिक कार्यमा अग्रसर रहेकाले सम्मानित गरिएको बताइएको छ ।

गाउँपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रा भट्टराईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि तथा महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार