इलाम नगरकार्यपालिकाको बैठकबाट विभिन्न योजनामा बजेट विनियोन (बजेट सहित)

इलाम :  इलाम नगरकार्यपालिकाको २३ फागुनमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । नगरप्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले विभिन्न रकमको खण्डिकृत गरी विभिन्न योजनामा विनियोजन गरेको ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट विभिन्न मार्गदर्शन समेतका आधारमा प्राप्त समपूरक अनुदानतर्फ प्राप्त बजेटबाट तिल्केनी बज्रदेवी सडक, इलाम नगरपालिका वडा नम्बर ८ तिल्केनीको लागि १ करोड, भन्ज्याङ्ग भाङ्गटार बेलासे सडक, इलाम नपा वडा नम्बर ११ सोयाकको लागि १ करोड, बरबोटे रिब्स सुम्बेक सडक, इलाम नपा वडा नम्बर २ र ५ को लागि १ करोड, मिल गोलाइ विणापानी स्कुल सडक, इलाम नपा वडा नम्बर ३ पुवामझुवाको लागि १ करोड र रत्नचोक इन्टेक साङ्गरुम्वा सडक, इलाम नपा वडा नम्बर ९ र १२ का लागि  १ करोड बिनियोजित गर्ने निर्णय गरेको छ ।

यसैगरी विशेष अनुदानबाट प्राप्त रकम रु २ करोड ७ लाख २८ हजार पुवाखोला चिन्ते साँघु खानेपानी योजनाको लागि विनियोजन गर्ने निर्णय गरेको छ ।

यसैगरी पानी तथा स्वास्थ्य र सरसफाइ सुविधासहितको शौचालय निर्माण कार्यक्रमको लागि विनियोजित २१ लाख रकमबाट पूर्णस्मारक मावि इलाम नगरपालिका वडा नम्बर १०, साङ्गरुम्वा मावि इलाम नगरपालिका वडा नम्बर १२ र बालमण्डल मावि इलाम नगरपालिका वडा नम्बर ४ का लागि ७ लाखको दरले विनियोजन गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

इलाम नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/०७६ को सौर्य ऊर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत ६ लाख ४८ हजार विनियोजित रहेकोले उक्त बजेटबाट इलाम नगरपालिका वार्ड नम्बर ११ को निर्फोकमा सौर्य ऊर्जाबाट पानी तानेर सिंचाई सुविधा उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार