इलाम : मगर ल्हायोहरुको ऐतिहासिक जिल्ला भेलाले १३ सदस्यीय ल्हायो सेवा समाज जिल्ला कार्यसमिति इलाम चयन गरेको छ ।
इलाम जिल्लाभरीका ल्हायोहरुको प्रतिनिधि रहने गरी नयाँ कार्यसमिति शुक्रबार चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा होमकुमार ल्हायो मगर (फाकफोकथुम गाउँपालिका), उपाध्यक्षहरुमा भक्तवहादुर ल्हायो मगर (माइ नगरपालिका) र रानी ल्हायो मगर (फाकफोकथुम गाउँपालिका) चयन गरेको छ ।
समितिको सचिवमा सुनिल ल्हायो मगर (फाकफोकथुम), सहसचिवमा हरिप्रसाद ल्हायो (देउमाई गरपालिका) र कोषाध्यक्षमा शुसिलादेवी ल्हायो मगर (फाकफोकथुम गाउँपालिका) चयन गरेको छ भने सदस्यहरुमा विनु ल्हायो मगर (फाकफोकथुम गाउँपालिका), प्रमेश ल्हायो थापा मगर (फाकफोकथुम गाउँपालिका), हेमकुमार ल्हायो मगर (फाकफोकथुम गाउँपालिका), पूर्ण ल्हायो थापा मगर (माइ नगरपालिका), गंगा ल्हायो मगर (फाकफोकथुम गाउँपालिका), जितवहादुर ल्हायो मगर (देउमाई नगरपालिका) र गंगामाया ल्हायो मगर (देउमाई नगरपालिका) चयन गरेको छ ।
कार्यसमितिको पहिलो वैठक सम्पन्न इलाम जिल्लाको ल्हायो मगरहरुको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उत्थानको लागि एक जुट भई अगाडी बढ्ने उद्देश्यले गठित नयाँ कार्यसमितिले पहिलो वैठक बसी ७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरेको छ । सल्लाहकारहरुमा हेम ल्हायो मगर (माई नगरपालिका), टेकवहादुर ल्हायो मगर र (माई नगरपालिका), चेतन ल्हायो मगर (फाकफोकथुम गाउँपालिका), मतास ल्हायो मगर (फाकफोकथुम गाउँपालिका), देवकुमार ल्हायो मगर (फाकफोकथुम गाउँपालिका) र खगेन्द्र वहादुर ल्हायो मगर (देउमाई नगरपालिका) रहेका छन् ।
समितिको पहिलो वैठकले आगामी २०७५ चैत्र मसान्त भित्र जिल्लाभरीका ल्हायोहरुको बृहत भेला गरी विधान निर्माण गरी आफ्नो वंशावली निर्माण गर्ने लगायतका निर्णयहरु समेत गरेको समितिका अध्यक्ष होम कुमार ल्हायो मगर मगरले जानकारी दिए ।