अदालतको फैसलाप्रति राजेन्द्र महतोको आपत्ति

news

काठमाडौं : कैलाली जिल्ला अदालतको फैसलाप्रति राजपा नेपाल अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले आपत्ति जनाएका छन् ।

बुधबार संघीय संसद परिसरमा सन्चारकर्मीहरुसित कुरा गर्दै महतोले अदालतको फैसला विभेदपूर्ण रहेको भन्दै अब राष्ट्रिय आन्दोलन हुने चेतावनी दिए ।

जनताबाट अनुमोदन भएका व्यक्तिलाई अदालतले दन्डित गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै उनले अब जनताले फैसला गर्ने चेतावनी दिए ।

‘भारी मूल्य चुकाउनुपर्छ’–उनले भने–‘यो सरासर अत्याचार, अन्याय हो । अन्यायमाथिपनि अन्याय । अब राष्ट्रिय विद्रोह हुन्छ, मुलुकमा ।’

महतोले सरकार, न्यायालय र प्रशासनको आदिवासी, जनजाति, अल्पसंख्यक र पिछडिएका वर्गप्रतिको धारणामा परिवर्तन नआएको टिप्पणी गरे ।

‘आन्दोलनकारीलाई आजन्म कैद हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन ? केपी ओलीलाई जन्मकैद किन भएन ? गिरिजाप्रसाद कोइरालालाई जन्मकैद किन भएन ? रिहा हुनलाई कुनै खास जाति चाहिने यहाँ ? आजीवन जन्मकैदका लागिपनि कुनै जाति नै हुनपर्ने ? यो भएन नि, यसरी हुन सक्दैन’–उनले भने ।

उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले बुधबार सांसद रेशम चौधरीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । imagekhabar बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार