काठमाडौं : जिल्ला अदालत कैलालीले टिकापुर हत्याकाण्डमा सांसद रेशमलाल चौधरीलाई दोषी ठहर गरेको छ ।
जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो ।
त्यसैगरी १२ जनालाई तीन बर्ष कैदको सजाय सुनाएको छ भने तीन जना निर्दोष ठहर गरेको छ ।
जसमध्ये लक्ष्मण थारु तीन बर्ष जेल बसिसकेकाले रिहा हुने भएका छन् । लक्ष्मणसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् ।
घटनाका मुख्य अभियुक्त भनिएका सांसद चौधरी हाल राजधानीको डिल्लीबजार कारागारमा थुनामा छन् ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो ।