राहत कोटाका शिक्षकहरुले मंगलबारपनि राजधानीमा प्रदर्शन

काठमाडौं : राहत कोटाका शिक्षक र प्राथमिक बालविकास कार्यक्रमअन्तर्गत्का शिक्षकहरुले मंगलबारपनि राजधानीमा प्रदर्शन गरेका छन् ।

गत आइतबारदेखि राजधानीमा प्रदर्शन गर्दै आएका उनीहरुले आफूहरुको मागको सम्बोधन नगरी संघीय शिक्षा ऐन बनाउन लागेको गुनासो गरेका छन् ।

हाल राहत कोटामा ४० हजार र बालविकासमा ३७ हजार शिक्षक रहेको उनीहरुको दाबी छ ।

सरकारले गत असोज २२ गते राहत र प्राथमिक बालविकासका शिक्षकहरुको माग सम्बोधन गर्ने सम्झौता गरेको थियो ।

प्राथमिक बालविकासका शिक्षकहरुलाई पनि विद्यालय मातहत ल्याउनुपर्ने भन्दै उनीहरुले आफूहरु प्रतिस्पर्धामा आउनसमेत तयार रहेको बताएका छन् ।

मंगलबार माइतीघर मन्डलाबाट सुरु भएको उनीहरुको नाराबाजीसहितको प्रदर्शन नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार