संखुवासभा : संखुवासभामा लिंखा वंश समाजको पहिलो ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका ४ माम्लिङ्गमा किरात लिंखा समाजको सम्मेलनको आयोजना गरिएको हो । ‘लिंखा बंश समाज केन्द्रीय समिति धनकुटा’ र ‘लिंखा बंश समाज स्थानीय समिति माम्लिङ्ग’को संयुक्त पहलमा सम्मेलन सम्पन्न भएको हो । याख्या लिंखा जातिको वंशवली निर्माणको उद्देश्यले आयोजना गरिएको सम्मेलनमा मुलुकभरका याक्खा जातिहरुको सहभागिता रहेको देउकृष्ण याक्खा लिङखाले जानकारी दिए ।
सम्मेलन कै अवशरमा लिंखा जातिको ऐतिहासिक पहिचान ‘लिंखा ढुङ्गा’लाई कसरी संरक्षण गर्ने ? कसरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने लगाएतका विषयमा बृहत छलफल गरिएको छ । सम्मेलनलाई धर्मदेवी नगरपालिकाका मेयर रमेश जिमीले सम्बोधन गरेका थिए । सम्मेलनलाई सम्वोधन गर्दै मेयर जिमीले ‘लिंखा ढुङ्गा’ क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनु पर्नेमा जोड दिए ।
यस सम्मेलनमा वडा नं ४ का अध्यक्ष नारायण लिंखा, समाजसेवी भिम लिंखा, भूतपूर्व सांसद तथा कानुनविद् दुर्गा लिंखा, टिकाराम लिंखा फिल्मकर्मी देउकृष्ण देवान याख्खा, कर्ण बहादुर लिंखा, रनेन्द्र लिंखा लगाएत उपस्थित भएका थिए ।