रवीन्द्र अधिकारीकी पत्नी विद्या यसो भन्छिन्

पोखरा : ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले दुःखद परिस्थितिमा सहयोग र साथ दिनेहरुप्रति आभार व्यक्त गरेकी छन् ।

मंगलबार पोखराको मालेपाटनस्थित घरमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै उनले सबैको ढाडसबाट आफूहरु पीडादायी अवस्थामा सम्हालिन सकेको बताइन् ।

उनले दिवंगत अधिकारीको अभिलाषा र लक्ष्यलाई पूरा गर्न पार्टी र सरकार प्रतिबद्ध रहनेमा आफू विश्वस्त रहेको धारणा राखिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार