आगलागीमा परि एक जनाको मृत्यु

तेह्रथुम : तेह्रथुमको छथरगाउँपालिकामा आगलागीमा परि एक जनाको मृत्यु भएको छ ।

हमरजुङकी राममाया कार्कीको घरमा आगलागी हुदाँ कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो ।

कार्कीको बिहान सुरुभएको आगोले काठले बनेको दुईतले घर जल्दा सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए ।

आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागिबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार