दुर्घटनामा समाजवादी युवा फोरम प्रदेश सहसंयोजक राईको मृत्यु

झापा : मोटरसाइकल दुर्घटनामा परेर समाजवादी युवा फोरमका १ नम्बर प्रदेश समितिका सहसंयोजक पुरणकुमार राईको ज्यान गएको छ .।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक ४ स्थित कृष्णमन्दिर सडकखण्डमा मोटरसाईकल एकआपसमा जुध्दा इलाम चुलाचुलीका राईको ज्यान गएको हो ।  ४० बर्षीय राई धरानमा जारी किरात राई यायोक्खाको महाधिबेशनबाट घरतर्फ फर्कने क्रममा दुर्घटना परेका हुन् । सामाजिक क्षेत्रमा क्रियाशील युवा राई चुलाचुलीमा निर्माणाधीन यलम्बर शालिक निर्माण समितिका अध्यक्ष लगायतका जिम्मेवारी सम्हालिआएका थिए ।

इलाका प्रहरी कार्यालयका अनुसार गएराती करिब ८ बजे तिर कृष्णमन्दिर चौकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्व आउँदै गरेको को ३ प ७७०० नम्बरको मोटरसाईकल एक आपसमा जुधेको थियो ।

दुर्घटनामा परेर समाजवादी युवा फोरम प्रदेश १ का संयोजक पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक, दमक १० का २५ वर्षीय सुजन धिमाल र परिचय खुल्न नसकेको अन्दाजी ४० बर्षिय एक व्यक्ति घाईते भएको तथा घाईते सवैको बिराटनरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते सवैको अवस्था समेत गंभीर भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार