माईजोगमाई : इलाको उत्तरी माईजोगमाईको प्याङमा सन्चालन भएको महाशिवरात्री गोल्ड्कपको उपाधि सेभेन ब्रदर्स प्याङले हात पारेको छ ।
सोमबार भएको फाइनल खेलमा आइएफसी प्याङ ४ लाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । सेबेन ब्रदसको तर्फबाट खेल सुरु भएको ३ मिनेटमा पुजन मगरले गोल गर्दै खेललाई अग्रता दिए । त्यसको १० मिनट बित्न नपाई आइएफसीको डिबक्समा सेबेन ब्रदर्सका खेलाडी राम गोलेलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई भवेस राइले कुनै गल्ती नगरी जाली चुमाउँदा खेल २-० ले अग्रता लियो । पुन २३ औं मिनटमा भबेस राईको पासमा पुजन मगरले गोल गर्दै मध्यान्तर अगाडी ३-० ले अग्रता कायम गर्यो ।
मध्यान्तर पछि सेबेन ब्रदर्स झन् उत्कृष्ट लयमा फर्कदैं ३० औं मिनेटमा राम गोलेले निकालेको वन भर्सेस वान मा गोल गर्दै खेल ४-० को अग्रता कायम गर्यो । सेबेन ब्रदसको अगाडि निरिह देखिएको आइएफसीको डिफेन्स लाइनको कमजोरीको फाइदा उठाउँदै खेलको ३७ औं मिनेटमा नवराज राइले गोल गर्दै सेबेन ब्रदर्सलाइ जितको नजिक पुर्याए । पुन खेलको ४० औं मिनेटमा आइएफसीको गल्ती पासको फाइदा उठाउँदै गोल गरे । खेलको ४६ औं मिनेटमा पुजन मगरको ठाउँमा मैदान प्रवेश गरका प्रकाश थापाले ४९ औं मिनेटमा गोल गर्दै सेबेन ब्रदर्सलाई ७-० ले सहज जित दिलाए ।
जितसँगै प्याङले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । उपविजेता आइएफसी भने नगद ३० हजारमा नै चित्त बुझायो । खेल अवधी भर ५ गोल गर्दै सेबेन ब्रदर्सका पुजन राई बेस्टस्कोरर, आइएफसीका प्रविन राई उत्कृष्ट खेलाडी र दिपेन कार्की उत्कृष्ट गोलकिपर घोषित भए । बिजेता तथा उपबिजेतालाई प्रमुख अतिथी गाउँपालिका अध्यक्ष जितबहादुर राइले पुरस्कार प्रदान गरे ।
माईजोगमाइ गाउँपालिकाको प्रायोजन र खेलकुद बिकास समितिको आयोजनामा फागुन १६ गतेदेखि संचालन भएको प्रतियोगितामा २७ टिमको सहभागिता रहेको थियो ।