माइबेनी हाइड्रोपावर निर्माणको कामले गति लियो

इलाम : इलामको माइखोलामा निर्माण भइरहेको ९.५१ मेगावाट क्षमताको माइबेनी हाइड्रोपावर निर्माणको कामले गति लिएको छ ।

उक्त हाइड्रोपावरको २२ प्रतिशत काम पुरा भएको आयोजनाका प्रवन्धक राजेन्द्र भारतीले जानकारी दिए । माइबेनी हाइड्रोपावरअन्तर्गत इलाम नगरपालिका वडा नम्बर ८ को बीसहाते बेसीमा बाँध र सुरुङ निर्माण भइरहेको छ ।

वर्षायाम अघि नै बाँध र पोखरी निर्माणको काम पुरा गरिने आयोजनाले जनाएको छ । आयोजनाको दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण द्रुत गतिमा भइरहेको छ ।

उत्पादित विद्युत साढे तीन किलोमिटरको ३३ केभी प्रशारण लाइन निर्माण गरि गोदक सव स्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । गत चैतबाट एक अर्व ८६ करोड लगानीमा निर्माण भइरहेको आयोजना आगामी वर्ष सम्पन्न गरिने लक्ष्य लिइएको छ । माइखोलामा अहिले दुई वटा हाइड्रो पावर निर्माणको चरणमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार