कन्याम : महाशिवरात्रीको अवसरमा इलामको सुर्योदय नगरपालिका ६ तारगाउँमा निर्मित सिद्धेश्वर शिव मन्दिरको हिन्दु तथा वैदिक विधिद्वारा ११ बजेको साईतमा प्राण प्रतिष्ठा गरिने कार्यक्रम रहेको छ ।
भुतपूर्व प्रधानाध्यापक समेत रहेका पण्डित टीकाराम भट्टराईको प्रमुख तथा करिब १५ जना बिभिन्न गुरु, पुरोहितको उपस्थितिमा उक्त कार्यक्रम हुने छ ।
करिब २० लाखको लागतमा निर्माण भइरहेको उक्त शिव मन्दिर निर्माणार्थ गत वर्ष पुराण समेत आयोजना गरिएको तथा नपुग रकम स्थानीय समाजसेवी, धर्मानुरागी तथा स्थानीय बासिन्दा हरुले चन्दा तथा दान स्वरुप प्राप्त भएको निर्माण समितिलाई उदृत गर्दै स्थानीय बासिन्दा समेत रहेका व्यावसायि राधाकृष्ण कृष्ण पौडेलले जानकारी दिए।
मन्दिर निर्माणकार्य को लागि तारगाउँका टेकबहादुर गुरुङले १रोपणी क्षेत्र फल बराबरको जग्गा निशुल्क दान गरेकोे बताईएको छ ।