झापा : झापाको अर्जुन्धारा नगरपालिकामा माटाे र आमाको स्वास्थ्यमा सुधार गरि विषादी रहित खाने कुरा उत्पादन गर्न ‘भान्सानै औषाधलय’ कार्यक्रम संचालन गरिएको छ।
मानिस स्वास्थ बन्न प्रकृति र संस्कृतीको रक्षा गर्न जरुरी भए संगै अर्गानिक उत्पादनको प्रयोग अहिलेको आवश्यकता रहेकोले नगरपालिका द्वारा तेस्रोपटक साता दिने अभिमुखिकरण तालिमको आयोजना गरेको बताइएको छ।
नगर उपप्रमुख कमला आचार्य खतिवडाको प्रमुख आतिथ्य तथा महासंघ झापाका अध्यक्ष रामकुमार राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रासायनिक र विषादी निषेधित नगर उन्मुखमा जोड दिइने प्रमुख अतिथिले बताइन् ।
वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ,नेपालको सहयोग र महासंघ झापा शाखाले सहकार्य गरेको कार्यक्रममा नगरपालिकाबाट ५२ जना प्रशिक्षार्थीलाई विषादी रहित खानेकुराको उत्पादन गर्न शैदान्तिक र प्रयोगात्मक दुवै विधिको प्रशिक्षण पछि खेम दाहालको नेतृत्वमा १५ सदस्यीय नगर स्तरीय समिति समेत गठन भएको महासंघ झापा शाखाका सल्लाहकार प्रकाशचन्द्र उप्रेतीले जानकारी दिए।
विश्व वातावरण तथा विकास विध डाक्टर शिवराम ढकाल, महसंघका संस्थापक केन्द्रिय अध्यक्ष कृषि तथा वातावरण विज्ञ रोमलाल गिरी, कोषाध्यक्ष लाल बहादुर रेश्मी मगर लगायतले सहजीकरण गरेका थिए।
अर्गानिक खेती र कौशी तरकारी खेतीबाट वैदिक खानेकुरा खाना पाइने हुँदा पथरी,पायल्स,सुगर,प्रेसर,मुटु रोग स्वासप्रस्वास आदि रोग नियन्त्रण हुने वातावरण विध डाक्टर ढकालले प्रशिक्षणमा जानकारी गराए।
एक घर एक उत्पादन,व्यावसाय,सीप साथै उपभोक्ताको स्वास्थ्य,आर्थिकहित,सुचना र समृद्धिको पक्षमा काम गर्दै अर्गानिक गाउँ तथा शहर घोषणाको वातावरण तयार गर्ने उदेश्यले गैर नाफामुखी महासंघ स्थापन गरिएको संघका संस्थापक अध्यक्ष गिरीले बताए।
नेपाल सरकार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०७१ मंसिर २८ गते दर्ता सातवटै प्रदेशमा आफ्नो शाखा विस्तार गरि हाल सम्म ९३ स्थानीय तहमा अभियान संचालन गरिसकेको छ भने आगामी दुई बर्षमा सात सय ५३ स्थानीय तहमा अभियान पुरा गर्ने लक्ष्य राखेको छ।
उनले भने ‘प्राविधिक समितिहरु,कृषि, वन,खाद्य,भेटनरी तथा वातावरण समितिको सहकार्यमा राज्यको नीति निर्माण तहमा परामर्श दिने र नागरिकलाई सचेत गराइ अभियानमा जोड्ने महासंघले योजना तय गरेको छ।’
यस संस्थाका केन्द्रिय सल्लाहकारमा वरिष्ठ कृषि तथा वातावरण विधहरु डा.मोदनाथ प्रसिद्ध सुरेन्द्र पाण्डे, शिवराम ढकाल उद्वव पुरी,हरेण्यबहादुर श्रेष्ठ, प्रेम खित्री, सोनाम साथी, नारायणप्रसाद गौतम ,केदार बुढाथोकी लगायत डाक्टर तथा विद्वानहरु रहेको उनले जानकारी दिए।