लिंखाहरुको वंशावली बनाउन छलफल सुरु


तेह्रथुम  : किरात याख्या लिंखा थरिहरु आफ्नो वंसालवी तयार गर्नका लागी एकजुट भएका छन् । फागुन १८ गते सनिबार याख्खा जातीको उद्यमस्थल मानिएको संखुवासभाको माम्लिङमा ऐतिहासिक भेलाको आयोजना गर्दै वंशावली तयार गर्नका लागी अगाडी बढ्ने निर्णय समेत गरेको लिंखा वंश सेवा समाजका सचिव टिकाराम याख्खाले जानकारी दिए । धर्मदेवी नगरपालिका—४ मा पर्ने माम्लिङमा आयोजना भएको वंशावली निर्माण सम्बन्धी छलफल तथा बन्धु भेटघाट कार्यक्रममा सहभागी सबैले लिंखाहरुले आफ्नो पुर्वज र ऐतिहासिक थात्थलो तथा पहिचान खोज्नका लागी एक भएर अगाडी बढ्ने निर्णय गरेका छन् ।

धर्मदेवी नगरपालिकाका प्रमुख रमेश जिमीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा वंशावली निर्माण सम्बन्धी छलफल , वंशावलीका पुस्तक निर्माणका लागी आवश्यक दस्तावेज खोजी , ऐतिहासिक लिंखा ढुंगााको संरक्षण तथा संम्बद्र्धन लगायत अन्य महत्वपुर्ण बिषयमा छलफल भएको कार्यक्रममा सहभागी चलचित्रकर्मी देउकृष्ण लिंखा याख्खाले जानकारी दिए । उनका अनुसार माम्लिङ मै रहेको लिंखा ढुंगाको सामुहिक दर्शन पनि गरिएको छ । लिंखा ढुंगा लिंखा याख्खा जाती संग सम्बन्धीत रहेको याख्खाका पुर्खाहरुले बताउने गरेका छन् ।

धर्मदेवी नगरपालिकाका प्रमुख जिमी , वडा नं. ४ का अध्यक्ष नारायण लिंखा लगायत लिंखा थरिका समाजसेवी,बुद्धिजिवी, जनप्रतिनिधी , राजनितिज्ञ सहभागी कार्यक्रम लिंखा वंश सेवा समाजका अध्यक्ष दुर्गा लिंखाको अध्यक्षतामा सम्पन्न भएको हो ।

किरात याख्या लिंखा थरिहरु संखुवासभाको माम्लिङ , तामाफोक , आन्द्रुङ, मुलगाँउ , फाक्लिङ धनकुटाको चौबिस , मारेक लगायत भारतको सिक्कीम , दार्जिलिङ , असाम , वेष्ट वंगाल लगायतका क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

करिब ३ हजार मात्र जनसंख्या रहेको याख्या लिंखा थरिहरुको वंशावली आगामी २ बर्ष भित्रमा तयार हुने लिंखा वंश सेवा समाजले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार