माइजोगमाई : इलामको उत्तरी माइजोगमाई गाउँपालीकाको प्याङमा जारी महाशिवरात्री गोल्डकपमा आइतबार ४ वटा टिम सेमीफाइनल प्रवेश गरेको छ ।
पहिलो क्वाटरफाइनलमा सेबेन ब्रदर्सले माइनगर दानाबरीलाई ३-० गोलले पराजित गर्दै समिफाइनल प्रवेश गरेको छ ।
दोस्रो क्वाटरफाइनलमा लालीगुराँस इङला र रेड डेभिल्स बिच भएको खेलको निधारित समयमा १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा ५-४ गोलले रेड डेभिल्स सेमिफाइनल पुग्न सफल भएको छ ।
तेस्रो क्वाटरफाइनलमा प्याङ सल्लेरिले प्याङ १ लाई १-० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षी बनाएको छ । चौथो खेल हेमन टिम प्याङ र प्याङ ४ बिच निधारित समयमा १-१ गोल भए पछि पेनाल्टी सुटआउटमा ५-३ ले पछि पार्दै प्याङ ४ सेमिफाइन पुगेको छ ।
प्याङ खेलकुद समेतीद्रारा आयोजना गरिएको खेलको प्रथम पुरस्कार ६० हजार र दोस्रो हुने टिमलाई नगद ३० हजार प्रलान गरिनेछ । त्यस्तै उत्कृष्ट गोल रक्षक, डिफेन्स उत्कृष्ट खेलाडी र बेस्ट स्कोरलाई समेत पुरस्कर व्यवस्था रहेको खेलकुद विकास समिती प्याङका अध्यक्ष मिलन थेबेले बताए ।
फाइनल २० फागुनमा हुनेछ ।