इलाम : कर्तव्य ज्यान मुद्धामा २८ वर्षदेखी फरार रहेका रणबहादुर राइलाई इलामको पशुपतिनगरबाट प्रहरीले पक्राउ गरेको छ ।
४ वैशाख २०४७ मा इलामको सूर्योदय नगरपालिका २ (साविक जोगमाई-९) का घर्मध्वज थापालाई छुरी प्रहार गरी हत्या गरेर फरार रहेका सोही ठाउँका ७३ वर्षीय राईलाई प्रहरीले पक्राउ गरेको हो । राईलाई सर्वोच्च अदालतबाट ४ पुस २०७० मा हत्याको अभियोगमा सर्वस्वसहित जन्म कैदको फैसला भएको थियो ।
शनिबार भारतीय सीमानाकाबाट पक्राउ परेका राईलाई आइतबार जिल्ला प्रहरी कार्यालय इलामले संचारकर्मीमाझ सार्वजनिक गर्दै फैसला कार्यन्वयको लागि अदालत बुझाएको प्रहरीले जनाएको छ ।