माईजोगमाई : इलामको उत्तरी माईजोगमाई गाउँपालिकाको प्याङमा जारी महाशिवरात्री गोल्डकपमा ५ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको पहिलो खेलमा माइ पार सुम्बेक र माइ नगर दानाबारीबीच भएको खेलमा निर्धारीत समयमा दुवै टिमबाट गोल हुन ससकेपछी पेनाल्टी सुटआउटमा ५-४ गोलले बिजय हुँदै माइनगर दानाबारी क्वाटर फाइनल पुग्न सफल भएको हो ।
त्यस्तै दोस्रो खेलमा रेड देभिल्स नयाँबजारले आयोजक प्याङ बि लाई ३-० गोलले सहज जित निकाल्दै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको छ । तेस्रो खेलमा आयोजक प्याङ ए र सल्लेरी प्याङबीच भएको निर्धारीत समयमा २-२ गोल भएपछि सोझै पेनाल्टीसुट आउटमा सल्लेरीले आयोजक प्याङ ए लाई ३-४ ले पछि पार्दै क्वाटरफाइल प्रवेश गरेको छ ।
चौथो खेलमा लालीगुँरास इङ्लाले सुन्दरपानी फिक्कलाइ ३-० गोलको सहज जितसँगै क्वाटर फाइनल खेलको यात्रा सहज बनाएको छ । अन्तिम खेलमा लालीगुँरास जमुना र प्याङ १ बिच भएको खेलमा निर्धारित समयमा १-१ गोल भएपछि भएको पेनाल्टी सुटआउटमा ५-३ गोलले पछि पार्दै प्याङ १ क्वाटर फाइनल पुग्न सफल भएको छ ।
आगामी २० फागुनसम्म सन्चालन हुने गोल्डकपका विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेलकुद विकास समितिका अध्यक्ष मिलन थेबेले बताए ।