इलामको रोङमा तरकारी खेती तालिम

रोङः इलामको रोङ गाउँपालिकामा समिट लघु वित्त वित्तिय सस्थाको आयोजनामा विहिबार एक दिने तरकारी खेती तालिम सम्पन्न भएको छ ।

तालिममा तरकारी खेतीमा देखिएका विभिन्न रोग र त्यसको रोकथामका विषयमा छलफल भएको समिट लघु वित्तका रोङ शाखा प्रवन्धक प्रकाश गिरीले जानकारी दिए ।

तालिममा रोङ र सुर्योदय नगरपालिकाका ३० जना अगुवा कृषकको सहभागिता रहेको थियो । तालिममा तोयानाथ भट्टराईले सहजिकरण गरेका थिए ।

तालिमको उद्घाटनका क्रममा सुर्योदय नगरपालिका ६ का वडा अध्यक्ष सिव कुमार बस्नेतले नागरिकको जिवन स्तर उकास्न कार्जा प्रवाहसंग किसानहरुलाई ज्ञानसिप सिकाउने लघुवित्तको प्रयासको प्रसंसा गरे । उनले रचनात्मक कामहरमा वडाले समेत समिति लघुवित्तसंग सहकार्य गर्ने बताए ।

उद्घाटनका अवसरमा हर्कटे प्रहरी चौकीका इञ्चार्ज सन्तोष कुमार निरौला, ट्राफिक प्रहरी इञ्चार्ज चारु चन्द्र ठाकुर , सप्तकोशी डेव्लभमेन्ट बैकका प्रतिक कार्की लगायतको उपस्थिती रहेको थियो ।

तालिम समापन पछि सहभागि रुकादेवि भुजेलले तालिमले सहभागिले तरकारी खेतीमा भखभेगिरहेका समस्या समाधान गर्न सहयोग पुगेको बताइन् । किसानहरुले काउली बालीमा देखिएको गाँठे रोग, खुर्सानी बालीमा देखिएका समस्या लगायतका विषयमा चासो राखेका थिए ।

स्थानीय व्यवसायी गिरीराज लुइटेलले कर्जासगै व्यवसायीकतालिम प्रदान गर्ने प्रयासले किसानको उन्नतीमा सहयोग पुगेको बताए । शाखा प्रवन्धक गिरीले इलामका तीनवटा शाखाले गत बषृदेखिनै सदस्यको मागको आधारमा क्षमता विकास तालिम प्रदानगर्ने गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार