इलाम : इलामको उतरी माईजोगमाई गाउँपालिकाको प्याङमा महाशिवरात्री गोलकप सुरु भएको छ ।
३० बर्ष अगाडिदेखि सुरु भएको गोल्ड्कपको पहिलो दिन ५ टिम दोस्रो चरणमा प्रबेश गरेका छन् । उद्घाटन खेलमा प्याङ सल्लेरीले खरिबोटे सुलुबुङलाई ३-० गोलले हराउदै दोस्रो चरणमा आफुलाई सुरक्षित बनाएको छ । मध्यान्तर अगाडी सल्लेरीका मनिस लिम्बुले २ र मध्यान्तर पछिको खेलमा सुनिल लिङदमले सल्लेरीको लागि थप गोल गरि सहज जितसँगै दोस्रो चरण पुगेको हो ।
त्यस्तै दोसो खेलमा आयोजक बी प्याङले टारी सुलुबुङलाई ३-१ ले पराजित गर्दै आफ्नो दोस्रो चरणमा पुगेको छ । खेल सुरु भएको भएको ६ मिनटमै सुलुबुङका मंगेश लिम्बुले गोल गरेर आफ्नो टिमलाई अग्रता दिएपनि खेलको १५ र २२ औं मिनेटमा आयोजकका आकाश लिम्बूले गोल गर्दै मध्यान्तरअघि २-१ गोलले अघि रहेको र मध्यान्तरपछि पुन रबिन थेबेले आयोजकको तर्फबाट गोल गर्दै टारिको जित्ने आस समाप्त पार्दै ३-१ को जितसँगै दोस्रो चरण पुग्दा आयोजक प्याङ ए ले जेएफसी जमुनालाई २-१ ले हराउँदै दोस्रो चरणमा आफ्नो टिमलाई सुरक्षित राखेको छ ।
आयोजकको तर्फबाट पासङ शेर्पाले १ गोल गर्दै मध्यान्तर अगाडि १-० ले अगाडी रहेको आयोजक मध्यान्तर पछिको खेलमा पुन आयोजकको तर्फबाट जोसेप राईले गोल गर्दै २-० गोलको अग्रता बनाएपनि जेएफसीको तर्फबाट खेल सकिन केही समयमा शरण लिम्बूले गोल गरे पनि जितको लागि पर्याप्त बनेन ।
त्यस्तै सुनखरी खेल संघ जमुनाको अनुपस्थितमा सुन्दरपानी फिक्कल र प्याङ ६ को अनुपस्थितमा रेड डेभिल्स नयाँबजार स्वत दोसो चरणमा पुगेको छ ।
आगामी फागुन २० गते सम्म सन्चालन हुने गोल्डकपका विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेलकुद विकास समितिका अध्यक्ष मिलन थेबेले बताए ।