रोजगारीको लागि सीपमुलक बाँस फर्निचर तालिम

  युद्धबहादुर बोहोरा
0 Shares

 

पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा न. ५ को आयोजनामा २० दिने सीपमुलक बाँस फर्निचर तालिम सम्पन्न भएको छ।

आदिवासी समाज विकास केन्द्र फिदिम,पाँचथरको सहकार्यमा वडाको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्यक्रम अनुसार आर्थिक विकास तर्फको रोजगारी सृजनाको लागि उद्यमशिल्ता बिकास तालिम संचालन गरिएको थियो।

केन्द्रका अध्यक्ष नन्दकुमार नेम्वाङको अध्यक्षता तथा
गाउँपालिका कार्यवाहक अध्यक्ष देवित्रा कुमारी आङ्देम्बेको प्रमुख आतिथ्य साथै वडाध्यक्ष अविन्द्रप्रसाद चेम्जोङ,प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीको विशेष आतिथ्यमा कार्यक्रम समापन भएको थियो।

ग्रामीण क्षेत्रमा प्रयोग विहिन रहेका बाँसबाट व्यावसायिक रूपमा विभिन्न किसिमका सामाग्री बनाएर बजारमा शोरुम राखेर बेच्नको लागि पहल गर्दै वैदेशिक रोजगारमा पलायन हुने युवाशक्ति रोक्न सकिने प्रमुख अतिथि आङ्देम्बेले बताइन्।

रचना बाँस फर्निचर फिदिमका प्रशिक्षक चुडामणि बाँस्कोटाले
तालिमको सहजीकरण गरेका थिए।
तीन महिला र नौ पुरुष गरि जम्मा १२ जना सहभागीले टेबुल,सोफासेट,कपडा राख्ने आल्ना,टुल,हेङ्गर,कुर्सी लगायतका आकर्षक सामानहरु निर्माण गरेका थिए।

आगामी दिनमा विभिन्न किसिमका तालिम भित्र्याउने र स्थानीयलाई स्वरोजगार बनाउन मद्दत गरिने केन्द्रका अध्यक्ष नेम्वाङले जानकारी गराए।

कार्यक्रममा प्रमुख अतिथिबाट प्रमाणपत्र र फर्निचर बनाउने सामाग्री वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार