फेरी गयो भुकम्प, एक पछी अर्को धक्का

काठमाडौ : मंगलबार दिउँसो दोलखाको भीमेश्वर नगरपालिका केन्द्र बनाएर पराकम्प गएको छ । ४ दशमलम ४ रेक्टरको परकम्प गएको हो ।

दोलखामा परकम्प गए लगत्तै सिन्धुपाल्चोकको बाह्रबिसे नजिक केन्द्र भएर ४ दशमलम १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र सिन्धुपाल्चोकमा गएको भूकम्प गोरखा भूकम्पमा केन्द्र बनाएर गएको भूकम्पको परकम्प हो ।

दिउँसो सवा ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो, २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार