अनाथलयमा शैक्षिक उन्नतिका लागि अभियान

इलाम : राहशल बाल अनाथालयमा अनाथ बालबालिकाहरुको शैक्षिक उन्नतिका लागि अभियान सुरुवात भएको छ । सचेत विद्यार्थी अभियान, इलामको सक्रियतामा अनाथ बालबालिकाहरुको लागि शिक्षा… भन्ने नारा सहित अभियान सुरु गरिएको सचेत विद्यार्थी अभियानका अभियान्ता प्रसान्त गिरीले जानकारी गराएका छन ।

अभियानको उद्घाटन जिल्ला युवा समिति, इलाम अध्यक्ष नवराज शंकर, प्राध्यापक योगेन्द्रमान श्रेष्ठ, समाजसेवी भुषण मुकारुङ, युवा अभियान्ता प्रकाश परियार, विद्यार्थी नेता इश्वरी तामाङ, समाजसेवी कृष्ण श्रेष्ठको उपस्थितीमा भएको थियो ।

अरुबेला खाद्यन्न, लत्ताकपडा, फलफुल सहयोग लिएर साथै जन्मदिन मनाउन आउने गर्ने गरेको देखेका बालबालिका केहि नदेखेपछि छक्क पर्दै शैक्षिक उन्नतिको लागि संचालन गरिएको कोचिङ कक्षा अभियान भन्ने थाहा पाए पछि बेग्लै खुसी देखिएका थिए ।

अनाथ बालबालिकाको शैक्षिक उन्नतिको लागि संचालन गरिएको अभियान समाज र राष्ट्र प्रति युवाहरुलाई जिम्मेवार बनाउने प्रभावकारी सामाजिक अभियान रहेकोले आ–बाफ्नो तर्फबाट सहयोग गर्ने उद्घाटनको क्रममा अतिथिहरुले प्रतिबद्धता जनाएका छन् ।

सचेत विद्यार्थी अभियानमा संलग्न महेन्द्ररत्न बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीले एक महिने अभियानमा दैनिक सहभागि भएर विद्यार्थीलाई कोसिङ कक्षा संचालन गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार