माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नम्वर वडा कार्यालयको दुई दिने घुम्ति शिविर प्रेमेजुङ्गमा सम्पन्न भएको छ ।
वडा कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा गाउँघरमै दिने उद्धेश्यले शनिबारबाट सुरु भएको शिविर आइतबार सम्पन्न भएको हो ।
शिविरमा २ सय ३६ जनाले सेवा लिएका थिए । शविरमा १२ जनाले जन्म दर्ता, १ जनाको मृत्यु दर्ता, ७ जनाले विवाह दर्ताको सेवा लिएका छन भने १ सय २६ जनाले मालपोत शुल्क र ५० जनाले घरधुरी कर बुझाएको १ नम्वर वडाका सचिव बिष्णु कुमारी राईले जानकारी दिइन् ।
कार्यालयले सोमबार शारदा आधारभूत विद्यालय लप्सिबोटेमा शिविर संचालन गर्ने सचिव राईले बताइन् ।