माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले चालू आर्थिक बर्षको पाँच महिनामा १२ लाख १५ हजार ५ सय २८ रुपैयाँ ५० पैसा राजस्व संकलन गरेको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ को साउन देखि मंसिर मसान्त सम्ममा व्यवसाय दर्ता, पञ्जीकरण, हाटबजार कर, घरधुरी कर, मालपोत शुल्क तथा विभिन्न सिफारिस शिर्षकमा सो बराबरको राजस्व संकलन गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गाउँपालिका भित्रका ६ वटै वडा कार्यालय र गाउँपालिकाको कार्यालयबाट संकलन भएको १२ लाख १५ हजार ५ सय २८ रुपैयाँ ५० पैसा मध्ये गाउँपालिका कार्यालयले १ लाख ९१ हजार ९ सय २० रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिकाको तथ्याङ्क अनुसारे गाउँपालिका कार्यालयले साउन महिनामा ७ हजार ६ सय १० रुपैयाँ, भदौमा ४ हजार ६ सय ५० रुपैयाँ, असोजमा १७ हजार १ सय रुपैयाँ, कात्र्तिकमा ३१ हजार ८ सय ५० रुपैयाँ र मंसिरमा १ लाख ३० हजार ७ सय १० रुपैयाँ राजस्व संकलन गरेको छ। ।
वडागत राजस्व संकलनको विवरण यस्तो छ :
गाउँपलिकाको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ५ महिनामा १ नम्बर वडा कार्यालयले १ लाख ८२ हजार ९ सय ८९ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये साउनमा ७३ हजार ८ सय ६९ रुपैयाँ, भदौमा २० हजार ८ सय १८ रुपैयाँ , असोजमा २२ हजार ७ सय ९५रुपैयाँ , कात्र्तिकमा १८ हजार ४सय ७ रुपैयाँ र मंसिरमा ४६ हजार १ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
२ नम्बर वडा कार्यालयले साउन महिनामा ५६ हजार २ सय २७ रुपैयाँ, भदौमा २३ हजार ४ सय ३५ रुपैयाँ , असोजमा १४ हजार ६ सय १० रुपैयाँ, कात्र्तिकमा १० हजार ६ सय २९ रुपैयाँ र मंसिरमा ३२ हजार ९ सय ७० रुपैयाँ गरि कूल १ लाख ३७ हजार ८ सय ७१ रुपैयाँ राजस्व संकलन गरेको छ ।
३ नम्बर वडा कार्यालयले कूल १ लाख ५८ हजार १ सय ५६ रुपैयाँ ५० पैसा राजस्व संकलन गरेको छ । जस मध्ये सो कार्यालयले साउनमा ३० हजार ६ सय ४७ रुपैयाँ ५० पैसा भदौमा २४ हनजार १ सय ७२ रुपैयाँ असोजमा २२ हजार ४ सय ४४ रुपैयाँ , कात्र्तिकमा १० हजार ३ सय २९ रुपैयाँ र मंसिरमा ७० हजार ५ सय ६४ रुपैयाँ राजस्व संकलन गरिएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
४ नम्बर वडा कार्यालयले साउनमा १८ हजार ९सय ५० रुपैयाँ, भदौमा २२ हजार ९ सय ५७ रुपैयाँ , असोजमा १६ हजार २ सय ५६ रुपैयाँ, कात्र्तिकमा २६ अजार २ सय ५५ रुपैयाँ र मंसिरमा २५ हजार ८ सग २७ रुपैयाँ गरि कूल १ लाख १० हजार २ सय ४५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
५ नम्बर वडा कार्यालयले साउन महिनामा ४८ हजार ५ सय ९३ रुपैयाँ , भदौमा २४ हजार ३ सय ३३ रुपैयाँ, असोजमा ३५ हजार ५ सय ७५ रुपैयाँ, कात्र्तिकमा १९ हजार ६ सय २८ रुपैयाँ र मंसिरमा १ लाख १४ हजार ९ सय ३६ रुपैयाँ गरि कूल २ लाख ४३हजार ५६ रुपैयाँ राजस्व संकलन गरेको छ ।
६ नम्बर वडा कार्यालयले चालु आर्थिक बर्षको ५ महिनामा १ लाख ९१ हजार २ सय ८२ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा सो कार्यालयले साउनमा ६६ हजार २ सय ४५रुपैयाँ , भदौमा १४ हजार ७ सय ९७ रुपैयाँ , असोजमा २६ हजार २ सय १२ रुपैयाँ, कात्र्तिकमा १२ हजार ४ सय ८३ रुपैयाँ र मंसिरमा ७१ हजार ६ सय ४५ रुपैयाँ राजस्व संकलन गरेको तथ्याङ्कमा उल्लेख छ ।
उल्लेखित तथ्याङ्कलाई हेर्दा सबै भन्दा बढि राजस्व ५ नम्बर वडा कार्यालयले गरेको छ भने सबै भनदा कम ४ नम्बर वडा कार्यालयको रहेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले ३८ लाख राजस्व संकलन गर्ने अनुमान गरेको छ ।