माङसेबुङ :इलामको माङसेबुङ ५ मा बिहिबार एक दिने नि:शुल्क पशु स्वास्थ्य शिबिर संचालन गरेको छ । पशु सेवा शाखा माङसेबुङ गाउापालिकाले आयोजना गरेको वडा ५ का पशु कृषकका लागि संचालन गरेको हो ।
पशु सेवा प्राविधिक तथा पशु सेवा शाखाका प्रमुख महेश राईका अनुसार २ सय ७० घरधुरीमा ४ हजार बढि सय बाख्रा, गाई, गोरु, भैसीको निशुल्क औषधि वितरण गरिएको जानकारी दिएका थिए ।
उनका अनुसार आन्तरिक तथा बाह्य परजिबी निवारण, विभिन्न रोग पहिचान तथा निवारण, बन्ध्याकरण रऔषधि बितरण गरिएको छ । आन्तरिक परिजीवीमा जुका लाग्ने, नाम्ले लगायतका रोग पर्दछन् भने वाह्रयअन्तर्गत जुम्रा लाग्नेलाई मानिन्छ ।
विहान ८ वजेदेखि साझ ४ वजे सम्म संचालन भएको निशुल्क पशु स्वास्थ्य शिविर वडा ५ को भालुटार टोलमा संचालन भएको थियो ।