हात्तीपाइले रोग निवारणको लागि औषधि खुवाउने कार्य

  नयाँ बुलन्द  136 पटक हेरिएको

इलाम :  अहिले नेपाल सरकारले देशै भरी हात्तीपाइले रोग निवारणको लागि औषधि खुवाउने कार्य गर्दैछ ।

यस्तै तयारी इलामको रोङ गाउपालिकामा पनि पुरा भएको छ । जनसमुदाय स्तर सम्म पुगेर यस प्रकारको औषधि खुवाउने कार्य गरिने भएको छ । स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रम रहेकाले बिगत बर्षको भन्दा यस बर्ष औषधि खुवाउने कार्य प्रभावकारी हुने रोङ गाउपालिका स्थीत स्वास्थ्य साखाका प्रमुख नरेन्द्रकुमार देबले इपूर्वलाई बताएका छन् ।

उनले यस कार्यको लागि सहयोग गर्न पत्रकार, प्रहरी जनप्रतिनिधी स्थानीय बासी लगायतलाई अनुरोध गरेका छन् । रोङ गाउपालिकामा आगामी १५ गते हात्तिपाइले रोग बिरुध्द औषधि खुवाउने कार्यक्रम रहेको छ । रोङ गाउपालिकाको सबै वडामा वडा स्तरीय भेला अन्तरक्रिया तथा छलफल गरेर यस सम्बन्धी जनचेतनाको कार्यक्रम भएको स्वास्थ्य साखा प्रमुख नरेन्द्र कुमार देबले बताए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार