इलाम : आठौं राष्ट्रीय खेलकुदका लागि इलामबाट छनोट भएका कराते भारोत्तोलनका खेलाडीहरुलाइ बिदाइ विदाई गरिएको छ ।
आठौं राष्ट्रीय खेलकुद प्रदेश छनोट प्रतियोगीतामा सहभागी हुने खेलाडहरुलाइ बिदाई गरिएको हो।
करातेका ४५ केजी तौल समुहकी अञ्जली राई, ५० कीजीकी पृती बस्नेत, ५५ केजीकी पृया बस्नेत, ६१ की रन्जिता लाप्चा, ६७ कि समिक्षा लाप्चा र ६८ माथि तौलकी दिक्षा दियाली छनौट भाएका छन ।
त्यस्तै पुरुषतर्फ केजी ५० तौल समुहको निस्चल खवास,५५ का कमल राई, ६०का सबिन मगर, ६७ का भक्तबहादुर दर्जी ७५ , ८१ का भेषराज राई र ८२ माथिका दिपेश घिमिरे, टिम कोच धर्मेन्द्र गुरुङ र टिम मेनेजर तारा राई रहेका छन ।
भारोत्तोलनमा महिलातर्फ ४९ केजी तौल समुहकी जनुका गड्तौला,५५ केजी तौल समूहमा शुस्मा राई ,६१ केजी तौल समूहमा रोस्नी राई रहेका छन ।
पुरुष तौल समुहमा ५५ के जी तौल समूहमा गोपाल राई , ५९ केजी तौल समूहका अभिषेक भुजेल ,६९ केजीका बलबहादुर माझी रहेका छन । टिम कोच दिपेश भट्टराई र टिम मेनेजर राम राई रहेका छन।
उक्त इलाम टिमलाइ इलाम जिल्ला खेलकुद बिकास समितिका निमित कार्यालय प्रमुख बुद्धि राज भुजेल, समाज सेबि मातृका राई झापा तेक्वान्दोका प्रशिक्षक दिपककुमार खवास, इलाम जिल्ला कराते सघका अध्यक्ष तथा इलाम जिल्लाका प्रमुख प्रशिक्षक योगेश चाम्लिङले बिदाइ गरेका थिए ।