कन्याम : सुकेपोखरी ग्यावाचोक वडा कार्यालय तारगाँउ हुँदै महेन्द्र बेसि सम्मको बाह्र मासे सडक सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले एक कार्यक्रम बीच शीलान्यास गरेका छन् । लामो समय सम्म वडा कार्यालयको टुङगो नलाग्दा शुरु हुन नसकेको बाह्र मासे सडक निर्माण तथा मर्मत कार्यक्रम वडा कार्यालय टुंगो लागे सगै शुरु हुन लागेको हो ।
सडक निर्माणको लागि नगरपालिका ले ४० लाख छुट्याएको र उपभोक्ता हरु बाट लाख १० लाख ८८ हजार थप उठाईने सडक उपभोक्ता समिति का सचिव रमेश गिरीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख राइले सडक निर्माणको लागि भरपुर सहयोग गर्ने बताउदै तीन बर्ष भित्र कालोपत्रे हुने गरि लागि पर्न अाग्रह गरेका छन ।
यस्तै कार्यक्रमका अतिथि तथा वडाअध्यक्ष शीवकुमार बस्नेतले सडक निर्माणको लागि सबै लागि पर्नु पर्ने बताए ।
मेचि राजमार्ग सगै जोडिएको सुके पोखरी हुँदै महेन्द्र बेसि सम्म सडक पहुच बिस्तार गर्न सके साबिक ४,५र६ नम्बर वडाका स्थानीय उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने छन् ।
उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कन्याम टोल बिकासका अध्यक्ष लेखनाथ दाहालले राखेको थिए । कार्यक्रममा विभिन्न संचारकर्मीका साथै स्थानीय बासिन्दा हरुको बाक्लो उपस्थिति रहेको थियोे ।